Nepal
गण्डकी प्रदेश

अनलाईन माध्यमबाट पठनपाठन गर्न सकिने वा नसकिने यथार्थ विवरण माग गरिएको सम्बन्धी सूचना

Home > notice > अनलाईन माध्यमबाट पठनपाठन गर्न सकिने वा नसकिने यथार्थ विवरण माग गरिएको सम्बन्धी सूचना

निजी, आंगिक, प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालय (TECS) र साझेदारीमा सञ्चालित शिक्षालयहरूमा अनलाईन माध्यमबाट पठनपाठन गर्न सकिने वा नसकिने यथार्थ विवरण माग गरिएको सम्बन्धी सूचना

सूचना प्रकाशित मिति २०७७।३।३

विश्वभर फैलिएको कोभिड-१९ महामारीले उत्पन्न परिस्थितिका कारण शिक्षालयहरू बन्द रहेको अवस्थामा अनलाईन माध्यमबाट पठनपाठनको लागि शत प्रतिशत प्रशिक्षार्थीको पहुँच माध्यम सुनिश्चित गराई प्रशिक्षार्थीलाई थप आर्थिक भार नपर्ने गरी पाठ्यक्रम बमोजिम सैद्धान्तिक विषयहरूको पठनपाठन गराउन सकिने के कस्तो सम्भावना छ सो को जानकारी तपसिलमा उल्लेखित विवरण सहित ७ दिन भित्र ईमेल मार्फत Ctevt.Technicaldivision@Gmail.Com मा पत्राचार गर्नुहुन निजी, आंगिक, र प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालय (TECS) र साझेदारीमा सञ्चालित शिक्षालय सवैलाई सूचित गरिन्छ।

तपसिल:

  • प्रत्येक कार्यक्रममा अध्ययनरत प्रशिक्षार्थीहरूको घर ठेगाना सहित सम्पर्क नं. र इमेल ठेगाना
  • प्रत्येक प्रशिक्षार्थीहरूको अनलाईन पठनपाठनको लागि पहुँच माध्यम सुनिश्चितता भए नभएको विवरण
  • प्रशिक्षार्थीहरूलाई थप आर्थिक भार नपर्ने सुनिश्चितता उल्लेख गरिएको विवरण


Admin icon
Published By