Nepal
गण्डकी प्रदेश

स्वयंमसेवक आवश्यकता सम्बन्धी सूचना(प्रथम पटक प्रकाशित मिति २०७९/१०/१५)

Home > notice > स्वयंमसेवक आवश्यकता सम्बन्धी सूचना(प्रथम पटक प्रकाशित मिति २०७९/१०/१५)

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पोखरा र यस कार्यालय बीच भएको द्विपक्षीय सम्झौता बमोजिम प्राविधिक शिक्षा हासिल गरेका युवा वर्गलाई प्रदेश तथा स्थानीय विकास प्रक्रियामा सहभागी गराइ सुशासन प्रवर्द्धन, पुर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा २०७९ साल फागुन महिना देखि २०८० साल आषाढ मसान्तसम्मका लागि स्थानीय तहमा स्वयंसेवक परिचालन गर्ने कार्यक्रम रहेकोले सम्बन्धित विषयमा   प्रि-डिप्लोमा (प्राविधिक एस.एल.सी.) उत्तीर्ण गरी १८ वर्ष उमेर पुरा भएका प्राविधिक जनशक्तिलाई परिचालन गरी कृषि (बाली विज्ञान), कृषि (पशु विज्ञान), इन्जिनियरिङ्ग (सिभिल), सर्भे (अमिन) लगायतका क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन तोकिएका स्थानीय तहमा रही कार्यगर्न इच्छुक गण्डकी प्रदेशमा स्थायी बसोवास भएका उम्मेदवारहरु मध्येबाट स्वयंसेवकको रुपमा खटाउनु पर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुले यस कार्यालयको वेबसाइट www.ctevtgandaki.org.np मा रहेको स्वयंसेवकको आवेदन फाराम डाउनलोड गरी आफूले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम र नागरिकताको प्रमाणपत्रको स्क्यान कपी संलग्न गरी सेवा गर्न चाहेको स्थानीय तहको प्राथमिकीकरण सहित तोकिएको सम्पूर्ण विवरण भरी सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र (मिति २०७९।१०।२१ गतेसम्म) यस कार्यालयको ईमेल ctevtgandaki@gmail.com मार्फत वा कार्यालयमा नै उपस्थित भई आवेदन दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।उम्मेदवार पेश गरेका कागजातका आधारमा संक्षिप्त सूची (shortlist) तयार गरी सम्बन्धित उम्मेदवारहरुलाई अन्तवार्ताको लागि सम्पर्क गरिनेछ।स्वंयसेवक छनौट गर्दा सम्बन्धित स्थानीय तहको स्थायी वासिन्दा र यसअघि यस प्रदेशमा स्वयंसेवकको रूपमा काम गर्ने अवसर नपाएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ । छनौट भएका स्वयंसेवकले प्राप्त गर्ने निर्वाह भत्ता, गर्नु पर्ने कामको विवरण र काम गर्नुपर्ने स्थानीय तहहरुको जानकारी यस कार्यालयको वेबसाइट मार्फत प्राप्त गर्न सकिनेछ।

थप जानकारीका लागि  फोन नं. ०६१-५३२२७१ मो.नं. ९८५६०१६०८० वा ९८४९२६८८९२ मा सम्पर्क गर्न सकिने छ ।

Note:फारम Download गर्न को लागि तल रहेको zip फाईल Download  गरि फारम तथा अन्य जानकारी लिन  सकिन्छ .